प्रिमियर लिगको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक
२०२० जुलाई २९, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक भएको छ ।
प्रिमियर लिगको २०२०/२१ सिजन प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो ।
खेलकुद सामग्री निर्माण कम्पनी नाइकीले बुधबार नयाँ बल सार्वजनिक गरेको हो ।
नाइकीले जुलाई २९ बाट बल बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ । सिजन २०२१ को मे २३ मा सकिनेछ ।
यस सिजनको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जितेको हो ।