युभेन्ट्सलाई काग्लियारीको चुनौती

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (बुधबार) विभिन्न आठ खेलहरु हुँदैछ ।
सिरी 'ए' मा आज च्याम्पियन युभेन्ट्स, एसी मिलान, लाजियो, रोमा लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
दुई खेल अगावै च्याम्पियन बनिसकेको युभेन्ट्सले काग्लियारीसँग उसैको मैदानमा खेल्नेछ ।
च्याम्पियन बनिसकेको युभेन्ट्स घरेलु टोलीलाई हराएर शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
युभेन्ट्स ८३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । युभेन्ट्स दोस्रो स्थानको इन्टर मिलान भन्दा ४ अंकले अघि रहेको छ ।
काग्लियारीलाई हराएमा युभेन्ट्सले शीर्ष स्थानको अग्रता ७ अंकको बनाउने छ ।
काग्लियारी ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
एसी मिलानले साम्पडोरियासँग उसैको मैदानमा खेल्नेछ । मिलान ६० अंक जोडेर छैटौं स्थानमा रहेको छ । ४१ अंक जोडेको साम्पडोरिया १५ औं स्थानाम रहेको छ ।
यस्तै पाँचौं स्थानको रोमाले टोरिनोसँग खेल्नेछ । रोमाले ६४ अंक जोडेको छ । ३९ अंक जोडेको टोरिनो १६ औं स्थानमा रहेको छ ।
अन्य खेलमा फियोरेन्टिनाले बोलोग्नासँग खेल्दा लाजियोले ब्रेसियासँग खेल्नेछ ।