मुस्ताफी अक्टोबरसम्म मैदान बाहिर
२०२० जुलाई २९, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलका डिफेन्डर साकोर्डन मुस्ताफी आगामी अक्टोबरसम्म मैदान बाहिर रहने भएका छन् ।
ह्यामस्ट्रिंग चोटका कारण मुस्ताफी अक्टोबरसम्म मैदान बाहिर रहने भएका हुन् ।
२८ वर्षे जर्मन डिफेन्डरले एफए कप अन्तर्गत म्यानचेस्टर सिटीसँगको सेमिफाइनल खेल दौरान चोट बोकेका थिए । उक्त खेलमा आर्सनल २-० ले बिजयी भएको थियो ।
यस्तै मुस्ताफीले चेल्सीसँग हुने एफए कपको फाइनल खेल समेत गुमाउने छन् । फाइनल खेल अगष्ट १ मा हुनेछ ।
आर्सनलले उनको चोटको सामान्य शल्यक्रिया गरिएको कारण करिब तीन महिना मैदान बाहिर रहने जनाएको छ ।
मुस्ताफीले आगामी सिजनको सुरुवाती खेलहरु समेत गुमाउने छन् । प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुँदैछ ।