एटलान्टाको पुनरागमन जित
२०२० जुलाई २९, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एटलान्टाले पर्मालाई हराएको छ ।
मंगलबार राति भएको खेलमा एटलान्टाले पर्मालाई २-१ ले हराएको हो ।
पर्माको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर एटलान्टाले जित निकालेको हो ।
खेलको ४३ औं मिनेटमा डेजन कुलुसेभास्कीले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए ।
तर, ७० औं मिनेटमा रुस्लान मालिनोभस्कीले गोल गर्दै एटलान्टालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा एलेजान्ड्रो गोमेजले गोल गर्दै एटलान्टालाई २-१ को जित दिलाए ।
जितसँगै एटलान्टाले ३७ खेलमा ७८ अंक जोडेको छ । एटलान्टा लिगको तेस्रो स्थानमा रहेको छ ।
४६ अंक जोडेको पर्मा ११ औं स्थानमा रहेको छ ।