'लाम्पार्डका कारण चेल्सी आए'

एजेन्सी । चेल्सीका नयाँ फरवार्ड टिमो वार्नरले प्रशिक्षक फ्रान्क लाम्पार्डका कारण लण्डन क्लब आएको बताएका छन् ।
उनले प्रशिक्षक लाम्पार्डको नेतृत्वमा खेल्न मोहका कारण चेल्सी क्लब जाने निर्णयमा आफु पुगेको बताएका छन् ।
जर्मनीका २४ बर्षिया फरवार्डले यसै हप्ताबाट लण्डन क्लबमा प्रशिक्षण सुरु गरेका छन् । उनी जर्मन क्लब आरबी लाईपेजिगबाट यसै समर ट्रान्सफरमा ५४ मिलियन पाउण्डमा लण्डन क्लब आएका हुन् ।
'हामीले खेल्ने तरिकाको बिषयमा धेरै कुरा गर्यौ । उनी कसरी खेलाउन चाहन्छन् र म कसरी खेलेको हेर्न चाहन्छन् भनेर ।' वार्नरले भनेका छन् ।
'उनले मलाई केही थोरै बुझ्न पाएका छन् । र हामी बीच निकै राम्रो छलफल भएको छ ।' उनले थपे ।
वार्नर चेल्सी आउनु अघि लिभरपुलसंंग जोडिएका थिए । तर जर्मन फरवार्डले लण्डन क्लब आउनु आफ्ना लागि सपना भएकाे बताए ।
'जब तिमी आफ्नो पुरानो क्लबबाट जाने निर्णय गर्छौ । अनि तिमी एक ठुलो क्लबमा आउछौ । यो मेरा लागि सपना थियो । जो साँचो भएको छ । किनकी चेल्सी एउटा ठुलो क्लब हो ।' उनले भने ।
'मलाई खेलाडीको रुपमा पहिल्यै थाहा थियो, जब उनीहरुले च्याम्पियन्स लिग डिडियर ड्रोग्बासंग मिलेर जितेका थिए र मेरा नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्ड समेत थिए । पेट्र चेक प्राविधिक सल्लाहकारमा छन् । यो मेरा लागि सपना जस्तै हो ।' उनले भने ।
'तर म उनीहरु जस्तो खेलाडी बन्न चाहदैन । म नयाँ युगको एक हिस्सा बन्न चाहन्छु । त्यसैले म यहाँ आफ्नो सर्वश्रेष्ठ दिने कोशिश गर्नेछु ।' वार्नरले भने ।
'प्रिमियर लिगको स्वभाव भनेको छिटो खेल्नु हो । मेरो विशेषतानै त्यही हो । म छिटो खेल्न चाहन्छु । मलाई लाग्छ, यो मेरा लागि उपयुक्त हुन्छ ।' वार्नरले चेल्सीको वेवसाईटमा भनेका छन् ।
'यो फरक लिग हो, फरक देशको हो । अर्को स्तरमा आउन मैले आफुलाई सुधार गर्नुपर्छ । प्रिमियर लिग र चेल्सी आउने यही कारण हो ।' उनले भने ।