टोटेनहमले अनुबन्ध गर्यो १५ वर्षे मिडफिल्डर
२०२० जुलाई २८, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब टोटेनहमले इंग्ल्यान्डका युवा मिडफिल्डर अल्फी डिभिनलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले १५ वर्षीय डिभिनलाई विगान एथ्लेटिकबाट अनुबन्ध गरेको हो ।
टोटेनहमले डिभिन अनुबन्धको रकम भने खुलाएको छैन ।
लिभरपुलका एकेडेमीका डिभिनले गत जुनमा विगानसँग सम्झौता गरेका थिए ।
तर, यस सिजन विगान च्याम्पियनसिपबाट घटुवा भएपछि उनले टोटेनहम रोजेका हुन् ।
उनी इंग्ल्यान्डका यू-१६ टोलीका महत्वपूर्ण सदस्य हुन् ।