रियलका फरवार्ड डियाजलाई कोरोना
२०२० जुलाई २८, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
ला लिगा सकिएपछि गरिएको परिक्षणमा च्याम्पियन रियलका एक खेलाडीलाई कोरोना देखिएको हो ।
रियलले २६ वर्षे स्ट्राइकर मरियानो डियाजलाई कोरोना संक्रमण देखिएको जनाएको छ । तर, उनी पूर्ण रुपमा स्वस्थ्य रहेको रियलले जनाएको छ ।
कोरोना देखिएपछि उनी होम क्वारेन्टिनमा रहेको बताईएको छ ।
कोरोना देखिएसँगै उनले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीसँगको खेल गुमाउने छन् ।
अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा रियलले सिटीसँग उसैको मैदानमा अगस्ट ७ मा खेल्नेछ ।
यस्तै रियल र सिटीबीचको खेल समेत हुने नहुनेमा अन्योलता देखिएको छ ।