मिलानको नयाँ जर्सी सार्वजनिक
मंगलबार, साउन १३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब एसी मिलानले नयाँ सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
मिलानले मंगलबार सन् २०२०/२१ को सिजनका लागि 'होम' जर्सी सार्वजनिक गरेको हो ।
मिलानको नयाँ जर्सी पुमा कम्पनीले ल्याएको हो ।
अघिल्लो वर्षको तुलनामा मिलानले नयाँ जर्सी धेरै परिवर्तन गरेको छैन ।
यस सिजन सिरी 'ए' मिलान छैटौं स्थानमा रहेको छ ।
६० अंक जोडेको मिलान शीर्ष पाँचमा रहने लक्ष्यमा रहेको छ ।








-1762660030983.webp&w=3840&q=75)




