एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (मंगलबार) इन्टर मिलानले नापोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
इन्टरले घरेलु मैदानमा नापोलीसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा इन्टर जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
नापोलीलाई हराएर इन्टर च्याम्पियन टिम युभेन्ट्ससँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
दोस्रो स्थानको इन्टरले ७६ अंक जोडेको छ । इन्टर युभेन्ट्स भन्दा ७ अंकले पछि रहेको छ ।
लिगको उपाधि भने युभेन्ट्सले दुई खेल अगाबै जितिसकेको छ । युभेन्ट्सको ८३ अंक रहेको छ ।
यता, नापोली इन्टरलाई हराएर छैटौं स्थानमा उक्लने लक्ष्यमा हुनेछ । सातौं स्थानको नापोलीको ५९ अंक रहेको छ ।
अर्को खेलमा एटलान्टाले पर्मासँग खेल्नेछ । दुई टोलीबीचको खेल ११:१५ बजे सुरु हुनेछ ।
एटलान्टाले ७५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ४६ अंक जोडेको पर्मा ११ औं स्थानमा रहेको छ ।