एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले भ्यालेन्सियाका विंगर फेरान टोरेस अनुबन्ध गर्ने भएको छ ।
जर्मन विंगर लोरी साने बायर्न म्युनिख गएपछि सिटीले स्पेनिस क्लबबाट टोरेस अनुबन्ध गर्ने भएको हो ।
स्पेनका २० वर्षे विंगर अनुबन्धका लागि सिटी र भ्यालेन्सिया सहमति नजिक पुगेको बताईएको छ ।
भ्यालेन्सियाले टोरेसका लागि ४० मिलियन माग गरेको बीबीसीले जनाएको छ ।
टोरेसको भ्यालेन्सियासँगको सम्झौता एक वर्ष बाँकी रहेको छ ।
भ्यालेन्सियाको एकेडेमीका टोरेसले क्लबका लागि ७१ खेलमा ६ गोल गरिसकेका छन् ।
उनी स्पेनको यू-२१ टोलीका सदस्य हुन् ।