एजेन्सी । इंग्लिस क्लब ब्राइटनले इंग्ल्यान्डका मिडफिल्डर एडम लालना अनुबन्ध गरेको छ ।
ब्राइटनले लिभरपुलका मिडफिल्डर लालनालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
लालनाले ब्राइटनसँग ३ वर्षको सम्झौता गरेका छन् ।
३२ वर्षीय मिडफिल्डर लालना सन् २०२३ सम्म ब्राइटनमा रहने छन् ।
लिभरपुलसँग लालनाको सम्झौता यस सिजनको अन्त्यसँगै सकुएको थियो ।
मिडफिल्डर लालना सन् २०१४ मा लिभरपुल आएका थिए । उनले क्लबका लागि १ सय ७८ खेलमा १८ गोल गरेका छन् ।
यस सिजन उनले २२ खेल खेलेका छन् ।
लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप लगायतका उपाधि जितेका छन् ।
इंग्ल्यान्डका लागि उनले ३४ खेल खेलेका छन् ।