एजेन्सी । स्पेनिस क्लब भ्यालेन्सियाले जाभी ग्रासियालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
भ्यालेन्सियाले सोमबार स्पेनिस प्रशिक्षक ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
मालागा तथा वाट्फोर्डका पूर्व प्रशिक्षक समेत रहेका ग्रासियाले भ्यालेन्सियासँग दुई वर्षे सम्झौता गरेका छन् ।
ग्रासिया सन् २०२२ सम्म क्लबमा रहने छन् ।
ग्रासियाले पछिल्लो पटक सन् २०१८/१९ को सिजन वाट्फोर्ड हेरेका थिए ।
यस सिजन भ्यालेन्सिया ला लिगामा नवौं स्थानमा रहेको थियो ।