एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ) का फरवार्ड केलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् ।
एन्कल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने एटलान्टासँगको खेल गुमाउने भएका हुन् ।
२१ वर्षीय एमबाप्पेले फ्रेन्च कपको फाइनल खेल दौरान चोट बोकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।
विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलको कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए ।
एमबाप्पेको चोट निको हुन कम्तिमा ३ साता लाग्ने बताईएको छ ।
तर, पीएसजी सेमिफाइनलमा पुगे उनी अगष्ट १८ मा उक्त खेलबाट भने मैदान फर्कन सक्ने बताईएको छ ।
पोर्चुगलको लिस्बनमा हुने च्याम्पियन्स लिगको फाइनल भने अगष्ट २३ मा हुनेछ ।