एजेन्सी । इंग्लिस क्लब क्रिस्टल प्यालेसका फरवार्ड विल्फ्रिड जाहाले क्लब छाड्ने भएका छन् ।
क्रिस्टलका मुख्य प्रशिक्षक रोय होड्सनले जाहाले क्लब छाड्ने तयारी गरिरहेको बताएका छन् ।
आइभरी कोस्टका फरवार्ड गत सिजन एभर्टन र आर्सनलसँग जोडिएका थिए । तर, उनी क्लबसँग सम्झौता गर्न असमर्थ भएका थिए ।
प्रशिक्षक रोयले जसको कारण समेत जाहालाई यस सिजन प्रभावित बनाएको समेत बताए ।
'पक्कै पनि उनी प्रभावित छन् । किनभने पछिल्लो हप्ता उनी जति सक्षम छन् गर्न सकिरहेका छैनन्,' प्रशिक्षक रोयले भने, 'यो क्लब र उनका लागि समेत दुविधा हो । यदी उनले क्लब छाड्ने निर्णय गरेको हो भने । यदी ऊ हामीसँग बस्न चाहदैन भने यो दुखद हुनेछ ।'
जाहा क्रिस्टलको एकेडेमीका खेलाडी हुन् । उनी २०१३ मा म्यानचेस्टर युनाइटेड आएका थिए । तर, त्यहिँ सिजन उनी लोनमा क्रिस्टल आएका थिए ।
जाहालाई सन् २०१५ मा क्रिस्टलले स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।
यस सिजन भने जाहाले जम्मा ४ गोल गरे । उनको यो क्लबका लागि सर्वाधिक खराब सिजन र कम गोल समेत हो ।
तर, प्रशिक्षक रोयले क्लबको चाहना जाहालाई क्लबमै राख्ने भएको समत बताए ।
'हामी अझै उनलाई चाहन्छौं । यो अवस्था केवल जाहा र क्लबले मात्र समाधान गर्न सक्छ,' प्रशिक्षक रोयले भने ।