एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले कप्तान लियोनल मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्नेमा आफुलाई कुनै शंका नभएको बताएका छन् ।
स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोसँग कुरा गर्दै अध्यक्ष जोसेपले मेस्सीमा क्लबमा रहनेमा आफुलाई दुविधा नभएको बताएका हुन् ।
'मेस्सीले धेरै पटक भनिसकेका छन् । उनी यहाँबाट सन्यास लिन चाहन्छन् । त्यसैले उनले नयाँ सम्झौता गर्नेमा शंका छैन,' अध्यक्ष जोसेपले भने ।
३३ वर्षीय अर्जेन्टिनी फरवार्डको सम्झौता २०२१ मा सकिदैछ ।
क्लबका लेजेण्ड मेस्सीले बार्सिलोनाबाहेक अन्य क्लबबाट खेलेका छैनन् ।
तर, पछिल्लो समय बार्सिलोना मेस्सीसँग नयाँ सम्झौता गर्न असफल भईरहेको छ ।
मेस्सीले यस सिजन क्लबलाई ला लिगाको उपाधि दिलाउन समेत सकेनन् । यस्तै मेस्सीले क्लब छाड्ने चर्चा पछिल्लो समय चुलिएको छ ।
तर, क्लबका अध्यक्ष भने मेस्सीले नयाँ सम्झौता गर्नेमा आशावादी छन् ।
यस सिजन क्लबलाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले गोल्डेन बुट जितेका थिए ।
यस सिजन २५ गोल गर्दै मेस्सीले गोल्डेन बुट जितेका हुन् ।