एजेन्सी । चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले स्पेनिस स्टार पेड्रोले सिजनको अन्त्यसगै क्लब छाड्ने बताएका छन् ।
क्लबमा लामो समय बिताएका पेड्रोले यस सिजनको अन्त्यसंगै क्लब छाड्ने पक्का भएको हो ।
आईतबार भएको खेलमा पेड्रो वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । खेलमा चेल्सीले उल्भ्सलाई हराएको थियो । लिगको अन्तिम खेलमा जित निकाल्दै चेल्सी अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भएको छ ।
सिजन सकिएसंगै लण्डन छाड्ने पेड्रोले एफ ए कपको फाईनलमा आर्सनलबिरुद्ध र च्याम्पियन्स लिगको खेलमा भने चेल्सीसंग हुनेछन् । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा चेल्सीले बायर्न म्युनिखसंग खेल्दैछ ।
भेट्रन विङ्गर पेड्रो अर्को सिजन सिरि ए क्लब रोमा जाने विश्वास गरिएको छ ।
बार्सिलोना पूर्व खेलाडी पेड्रोले चेल्सी छाड्ने बिषय पक्का भएको हो ।

‘उनले प्रिमियर लिगको अन्तिम खेल खेलेका थिए । तर उनको प्रभाव धेरै छ ।’ लाम्पार्डले भनेका छन् ।
‘पेड्रोलाई धेरै धन्यवाद दिन चाहन्छु । उनको आगामी दिनको शुभकामना दिन चाहन्छु ।’ उनले भनेका छन्, ‘केही बाँकी खेलका लागि उनी हामीसंग हुनेछन् । तर एक ठुला खेलाडीले क्लब छाड्दैछन् । र क्लबप्रति जुन भावना देखे, उनी धेरै विशेष थिए ।’
पेड्रोले चेल्सीबाट प्रिमियर लिगका १ सय ३७ खेलमा उत्रिएका छन् । उनी एफ ए कपको फाईनल खेलमा समेत उपस्थित हुनेछन् ।
‘स्टामफोर्ड ब्रिजमा मेरो अन्तिम खेल ।’ पेड्रोले आईतबार खेल अघि ट्वीट गरेका थिए ।
‘सबै फ्यानलाई धन्यवाद । क्लबलाई अवसरकालागि धेरै धन्यवाद दिन चाहन्छु । र सम्पूर्ण टिमका साथीप्रति आभार ब्यक्त गर्छु ।’ उनले भने, ‘तपाईहरु सबै मेरो ह्दयमा हुनुहुनेछ । अब एफ ए कपको उपाधिका लागि अघि बढौं ।’