एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । केइरन टिर्नेएले थप एक गोल गरे ।
वाट्फोर्डका डानी वेलब्याक र ट्रोय डेनीले एक एक गोल फर्काए ।
जितसँगै आर्सनलले ५६ अंक जोडेर आठौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । वाट्फोर्ड भने ३४ अंक जोडेर रेलिगेसनमा परेको छ ।
यस्तै टोटेनहमले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेलेको छ ।
टोटेनहमका ह्यारी केनले एक गोल गरे । क्रिस्टलका जेफ्रीले एक गोल फर्काए ।
बराबरीसँगै टोटेनहमले छैटौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । टोटेनहमले ५९ अंक जोड्यो ।
क्रिस्टल ४३ अंक जोडेर १४ औं स्थानमा रह्यो ।