एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले रेलिगेसनमा परेको नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई फराकिलो जित दिलाउन केभिन डी ब्रुएनले दुई गोल गरे । यस्तै ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।
खेलको ११ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा ब्रुएनले गोल गरेपछि सिटीले पहिलो हाफमा २-० को अग्रता बनायो ।
७९ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटी ३-० ले अघि रह्यो । ८३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को फराकिलो जित दिलाए ।
जितसँगै सिटीले सिजनको सुखद अन्त्य गरेको छ । यस सिजना दोस्रो स्थानमा रहदै सिटीले सिजन सकाएको हो ।
सिटीले यस सिजन ३८ खेलमा ८१ अंक जोड्यो ।
नर्विच भने २१ अंक सहित पुछारमा रह्यो । नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।