एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (बुधबार) इन्टर मिलानले फियोरेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ ।
उपाधि दाबेदार इन्टरले घरेलु मैदानमा फियोरेन्टिनासँग खेल्नेछ ।
घरेलु मैदानमा इन्टर सहज जित निकाल्दै लिगको उपाधि होड कायम राख्न चाहन्छ ।
लिगको तेस्रो स्थानमा रहेको इन्टरले ३४ खेलमा ७२ अंक जोडेको छ । इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि रहेको छ । युभेन्ट्सको ८० अंक रहेको छ ।
इन्टर दोस्रो स्थानको एटलान्टा भन्दा २ अंकले पछि रहेको छ । घरेलु मैदानमा जित निकाल्न सके इन्टर ७४ अंक जोडेको एटलान्टालाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ ।
४२ अंक जोडेको फियोरेन्टिना १२ औं स्थानमा रहेको छ । फियोरेन्टिना पनि इन्टरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
सिरी 'ए' अन्तर्गत नै नापोलीले पर्मासँग खेल्नेछ । नापोली जित निकाल्दै शीर्ष पाँचमा उक्लन चाहन्छ ।
यस्तै रोमाले एसपीएल, टोरिनोले भेरोना, लेचेले ब्रेसिया र साम्पडोरियाले जिओनासनाग खेल्नेछ ।