काठमाडौं । जिल्ला फुटबल संघ भोजपुरले आफ्ना खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई राहत वितरण गरको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्य जिल्ला भोजपुरले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै खेलाडी, प्रशिक्षक र रेफ्रीलाई राहत वितरण गरेको हो ।
संघले सामाजिक संञ्जाल फेसबुकबाट खेलाडी, प्रशिक्षक र रेफ्री गरी १५ जनालाई राहत वितरण गरेको जनाएको छ ।
संघले उनीहरुलाई जनही ५ हजारको दरले राहत दिएको हो ।

एन्फाबाट पाएको आर्थिक सहयोग संघले वितरण गरेको हो । गत महिना एन्फाले आफ्ना सदस्य संघलाई ७५ हजार उपलब्ध गराएको थियो ।
खेलाडीलाई जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रबिण सुवाल लगायतले हस्तान्तरण गरेका थिए ।