एजेन्सी । ज्लाटन ईब्राहिमोभिचको दुई गोलको सहयोगमा एसी मिलानले सासुलोलाई २–१ गोल अन्तरले हराएको छ ।
मंगलबार राति सासुलोको घरेलु मैदानमा ज्लाटनको दुई गोलमा मिलान क्लबले तीन अंक जोडेको हो ।
खेलको १९ औं मिनेटमा ज्लाटनको हेड गोलमार्फत मिलान क्लब अघि बढ्यो । घरेलु टोलीका फ्रान्सिस्को कापुटोले ४२ औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए ।
तर पहिलो हाफमै ईन्जुरी समयमा ज्लाटनले दोस्रो गोल गर्दै मिलान क्लबलाई २–१ ले अघि बढाएका थिए ।
अबरुद्ध सिजन पुन सुरु भएपछि मिलान क्लब अपराजित छ । र युरोपा लिग छनोटमा एसी मिलानले आफुलाई सुरक्षित गरेको छ ।
मिलान क्लब ५९ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लियो । सासुलो ४८ अंक सहित आठौं स्थानमा यथावत रह्यो ।

अर्को खेलमा बोलोग्नामाथि १–० को जित निकाल्दै एटलान्टा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
एटलान्टाको जितमा लुईस मुरियलले ६२ औं मिनेटमा विजयी गोल गरे । डुवान जपाटाको पासलाई सदुपयोग गर्दै मुरियलले एटलान्टालाई महत्वपूर्ण तीन अंक दिलाए ।
जितसंगै एटलान्टा लिगको दोस्रो स्थानमा उक्लियो । उसले शीर्ष स्थानको युभेन्ट्ससंगको दुरी ६ अंकमा झार्यो र तेस्रो स्थानको ईन्टर मिलानसंग २ अंकको अग्रता कायम गर्यो ।
बोलोग्ना ४३ अंक सहित तालिकाको १० औं स्थानमा उक्लियो ।