एजेन्सी । प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला रेलिगेशन जोन बाहिर निस्किएको छ ।
मंगलबार राति घरेलु मैदानमा लण्डन क्लब आर्सनलमाथि १–० को जित निकाल्दै एस्टन भिल्ला रेलिगेशन जोन बाहिर निस्किएको हो ।
एस्टन भिल्लाका लागि २७ औं मिनेटमा ट्रेजेगुटले विजयी गोल गरे । पहिलो हाफमा ट्रेजेगुटको प्रहारमा आर्सनलका गोलकिपर इमिलियानो मार्टिनेज मुखदर्शक रहे ।

जितसंगै एस्टन भिल्ला रेलिगेशन जोनबाट बाहिर निस्किएको छ । लिगको अन्तिम खेलमा जित निकालेको खण्डमा भिल्ला क्लबले प्रिमियर लिगमा आफुलाई टिकाउन सक्नेछन ।
एस्टन भिल्लाको जितले मुख्य प्रशिक्षक विहिन वाटफोर्डलाई रेलिगेशन जोनमा धकेलेको छ । म्यान्चेष्टर सिटीसंग ४–० को हारले समेत वाटफोर्डलाई गोल अन्तरका आधारमा पछि पार्यो ।
एस्टन भिल्ला ३७ खेलबाट ३४ अंक सहित १७ औं स्थानमा उक्लियो । समान अंक भएपनि गोल अन्तरका आधारमा वाटफोर्ड रेलिगेशन क्षेत्रमा धकेलियो ।
आर्सनलले लिगमा १० औं हार ब्यहोर्यो । एफ ए कपको फाईनल पुगेको आर्सनल पछिल्लो २५ बर्षमा पहिलो पटक शीर्ष ६ भन्दा बाहिर रहने पक्का भयो । आर्सनल ५३ अंक सहित तालिकाको १० औं स्थानमा रह्यो ।