एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (मंगलबार) एटलान्टाले बोलोग्नासँग प्रतिस्पर्धा गर्दैछ ।
उपाधि दाबेदार एटलान्टाले घरेलु मैदानमा बोलोग्नासँग खेल्नेछ ।
बोलोग्नाविरुद्ध मैदान उत्रदा एटलान्टा सहज जितको खोजीमा रहेको छ । एटलान्टा घरेलु मैदानमा जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ ।
यस्तै बोलोग्नालाई हराएमा एटलान्टा लिगको दोस्रो स्थानाम उक्लनेछ ।
तेस्रो स्थानको एटलान्टाले ३४ खेलमा ७१ अंक जोडेको छ । एटलान्टा लिग लिडर युभेन्ट्स भन्दा ९ अंकले पछि रहेको छ । युभेन्ट्सको ८० अंक रहेको छ ।
तर, एटलान्टाले दोस्रो स्थानको इन्टर मिलान भन्दा १ अंकले मात्र पछि रहेको छ । बोलोग्ना ४३ अंक जोडेर दशौं स्थानमा रहेको छ ।
अर्को खेलमा एसी मिलानले सासुलोसँग खेल्नेछ । मिलानले सासुलोसँग उसैको मैदानमा खेल्नेछ ।
मिलान सासुलोलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । सातौं स्थानको मिलानको ५६ अंक रहेको छ ।
४८ अंक जोडेको सासुलो आठौं स्थानमा रहेको छ ।