एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्ल्यान्डका युवा मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गरेको छ ।
डर्टमण्डले सोमबार १७ वर्षीय मिडफिल्डर बेलिङहमलाई अनुबन्ध गरेको जनाएको छ ।
च्याम्पियनसिप क्लब बर्मिघम सिटीबाट डर्टमण्डले युवा मिडफिल्डर बेलिङहमलाई अनुबन्ध गरेको हो ।
डर्टमण्डसँग बेलिङहमले पाँच वर्षे सम्झौता गरेका छन् ।
बेलिङहमको यो पहिलो व्यवसायिक सम्झौता हो । उनलाई डर्टमण्डले २५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
डर्टमण्डसँग सम्झौता गर्नका लागि मिडफिल्डर बेलिङहम गत साता नै जर्मन आएका थिए ।
इंग्ल्यान्डका क्लबले इच्छा देखाएपनि बेलिङहमले जर्मन क्लब रोजेका हुन् ।
उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले समेत चासो देखाएको थियो ।
उनी इंग्ल्यान्ड यू-१७ टोलीका कप्तान समेत हुन् ।