प्रिमियर लिगमा आज तीन खेल
२०२० जुलाई २०, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा सोमबार एभर्टन, उल्भ्स, सेफिल्ड युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
उल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । उल्भ्स घरेलु मैदानमा जित निकाल्दै लिगको छैटौं स्थानमा उक्लन चाहन्छ ।
सातौं स्थानको उल्भ्सले ५६ अंक जोडेको छ । क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
यस्तै एभर्टनले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ ।
एभर्टन सेफिल्डलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
एभर्टन ४६ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।
५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ । सेफिल्ड पनि एभर्टनलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
अर्को खेलमा न्युकासल र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ ।