मोनाकोका मुख्य प्रशिक्षकमा कोभाक
२०२० जुलाई २०, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब मोनाकोले टिमको मुख्य प्रशिक्षकमा निको कोभाकलाई नियुक्त गरेको छ ।
मोनाकोले रोबर्ट मोरेनोलाई बर्खास्त गर्दै कोभाकलाई मुख्य प्रशिक्षक चयन गरेको हो ।
मोनाकोले आइतबार प्रशिक्षक मोरेनोलाई नियुक्त गरेको ७ महिनापछि बर्खास्त गरेको थियो ।
क्रोएसिया तथा बायर्न म्युनिखका पूर्व प्रशिक्षक समेत रहेका कोभाकले मोनाकोसँग तीन वर्षे सम्झौता गरेका छन् ।
४८ वर्षीय कोभाकले बायर्नलाई जर्मन बुन्डेसलिगा र जर्मन कपको उपाधि दिलाएका थिए । उनले सन् २०१९ को नोभेम्बरमा बायर्न छाडेका थिए ।
कोभाकले सोमबारबाट टिमको प्रशिक्षण समेत सुरु गरिसकेका छन् ।
कोरोनाको महामारीको कारण यस सिजनको लिग वान रद्द भएको थियो ।
शीर्ष स्थानमा रहेको कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन बनेको थियो ।
मोनाको नवौं स्थानमा रहेको थियो ।