युभेन्ट्सलाई लाजियोको चुनौती

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (सोमबार) लिग लिडर युभेन्ट्सले लाजियोसँग प्रतिस्पर्धा गर्दैछ ।
उपाधि दाबेदार युभेन्ट्सले घरेलु मैदानमा लाजियोको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
एलिनाज स्टेडियममा युभेन्ट्स लाजियोलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ । यस्तै शीर्ष स्थानको अग्रता समेत फराकिलो बनाउन चाहन्छ ।
लिग लिडर युभेन्ट्सले ३३ खेलमा ७७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको इन्टर मिलान भन्दा ५ अंकले अघि रहेको छ । इन्टरको ७२ अंक रहेको छ ।
लाजियोविरुद्ध युभेन्ट्सले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालालाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ ।
तर, युभेन्ट्सलाई लाजियोलाई हराउँन सहज भने छैन । यस सिजन उत्कृष्ट खेलिरहेको लाजियो चौंथो स्थानमा रहेको छ ।
लाजियोले ६९ अंक जोडेको छ । लाजियो युभेन्ट्सलाई उसैको घरमै हराएर दोस्रो स्थानको इन्टरसँग अंक बराबरी गर्न चाहन्छ ।