रियल सोसिडाड युरोपा लिगमा छनोट

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडले रियल सोसिडाडसंग १–१ खेलको बराबरी खलेको छ ।
आईतबार राति एट्लेटिकोले घरेलु मैदानमा रियल सोसिडाडसंग बराबरी खेल्दै अंक बाँडेको हो ।
एट्लेटिकोसंग बराबरी खेल्दै रियल सोसिडाड युरोपा लिगमा छनोट हुन सफल भएको छ ।
एट्लेटिकोले यसअघिनै शीर्ष चारमा रहदै च्याम्पियन्स लिगको यात्रा तय गरिसकेको थियो ।
३० औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै कोकेले घरेलु टोली एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
८७ औं मिनेटमा एट्लेटिकोका हेक्टर हेरेराको आत्मघाति गोलमा खेल बराबरीमा आएको थियो ।
एट्लेटिकोलाई लिगको तेस्रो स्थानमा रहन एक अंकनै पर्याप्त थियो । एक अंक जोडेको रियल सोसिडाड समेत युरोपा लिगमा छनोट हुन पर्याप्त बन्यो । अंक विहिन भएको अवस्थामा सोसिडाड युरोपा लिग छनोटबाट बाहिर हुने थियो ।
सोसिडाडले ५६ अंक जोड्दै गोल अन्तरका आधारमा छैटौ स्थानमा रह्यो । समान अंक भएपनि ग्रानाडा सातौ स्थानमा रहेर लिगको अन्त्य गर्यो ।
एट्लेटिकोले ७० अंक सहित तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्यो । समान अंक भएपनि गोल अन्तरका आधारमा सेभिल्ला चौथो स्थानमा रह्यो ।