भुटान प्रिमियर लिगको खेल तालिका सार्वजनिक
२०२० जुलाई १९, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । भुटान फुटबल फेडरेसनले भुटान प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको छ ।
भुटानले आइतबार आगामी महिनाबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा पारो एफसी र ड्रुकस्टार्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल अगस्ट १ मा हुनेछ ।
करिब २ महिना चल्ने लिग ४ वटा मैदानमा खेलाईने छ । लिग सुरु भएपछि भुटान दक्षिण एसियाली मुलुकमा कोरोनापछि लिग सुरु गर्ने पहिलो देश बन्नेछ ।
कोरोना भाईरसको महामारीको कारण लिग खेल बन्द रंगशालामा हुनेछ ।
भुटानी लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
लिगमा पारो एफसी, पारो युनाईटेड, तेन्सुङ एफसी, उग्येन एकेडेमी एफसी, हाई क्वालिटी युनाईटेड एफसी, ट्रान्सफोर्ट युनाईटेड एफसी, थिम्पु सिटी एफसी र ड्रुकस्टार्स एफसी क्लबले एक आपसमा खेल्ने छन् ।