एन्फा धनकुटाद्वारा खेलाडीलाई राहत वितरण
२०२० जुलाई १९, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । जिल्ला फुटबल संघ धनकुटाले आफ्ना खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई राहत वितरण गरको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्य जिल्ला धनकुटाले आईतबार एक कार्यक्रमको आयोजना गर्दै खेलाडी, प्रशिक्षक र रेफ्रीलाई राहत वितरण गरेको हो ।
संघले सामाजिक संञ्जाल फेसबुकबाट खेलाडी, प्रशिक्षक र रेफ्री गरी ३० जनालाई राहत वितरण गरेको जनाएको छ ।
संघले उनीहरुलाई जनही २५ सयका दरले राहत दिएको हो ।
एन्फाबाट पाएको आर्थिक सहयोग संघले वितरण गरेको हो । गत महिना एन्फाले आफ्ना सदस्य संघलाई ७५ हजार उपलब्ध गराएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान समेत रहेका सुजल श्रेष्ठ धनकुटा निवासी हुन् । यस्तै मनाङ मर्स्याङ्दीका पूर्व प्रशिक्षक सुमन श्रेष्ठ धनकुटाकै हुन् ।