बेल, जिदान र रियल मड्रिड !

एजेन्सी । जिनेदिन जिदान प्रशिक्षकका रुपमा खेल रणनीतिका हिसाबले पूर्ण प्रशिक्षक मानिदैनन् । यद्यपि उनले आफ्ना खेलाडीसँग बनाएको राम्रो सम्बन्धले उनलाई सफल हुने बाटो खोलिदिएको छ ।
जिदानले आफ्ना खेलाडीलाई बुझ्छन्, धेरैलाई मौका दिन्छन् । तर ग्यारेथ बेल उनको नजरमा पर्न सकिरहेका छैनन् ।
जिदान र बेलको सम्बन्ध टुटेको हो भन्नु गलत हुनेछ किनकी उनीहरुको सम्बन्ध कहिल्यै पनि माथिल्लो स्तरसम्म पुग्न सकेन ।
बाहिरबाट नियाल्दा उनीहरुको जीवन र काम फरक छन् ।
सन् २०१८ मा जिदानको पहिलो कार्यकालको अन्त्यमै पनि उनीहरु बीच कुनै झगडा देखिएको थिएन । तर उनीहरु बिचको पुल भत्कदै थियो, मनमुटाव बढ्दै थियो ।
जिदान कहिल्यै पनि बेलको नजिक हुन चाहेनन् र यो कुरा बेलले बुझ्दै गएका थिए । यसकारण बेलका एजेन्ट जोनाथन बार्नेट र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीचको संवादले समेत यस समस्याको हल गर्न सकेन ।
रियल र बेलबीचको सम्बन्धले यस साता झन् चर्चा पायो । बेल रियल र आल्भेस बीचको खेलमा बेन्चमा सुतेको नाटक गरेको देखिन्थे । यस्तै ग्रानाडासँगको खेलमा उनी कागजबाट कतै टाढा हेरिरहेको देखिन्थे ।
बेल अहिले रियलमा खराब समयबाट गुज्रिरहेका छन् । तर मानिसहरु उनलाई असफल ठहर गरिरहेका छन् । तर जतिनै खराब समयबाट गुज्रिएपनि उनी रियलका पाँचौ सर्वाधिक गोलकर्ता हुन् । उनले रियलका लागि २ सय ५१ खेलमा १ सय ५ गोल गरेका छन् ।
उनले रियलका लागि दुई लिग उपाधि जितेका छन् । उनले ४ च्याम्पियन्स लिग जितेका छन्, उनले सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलविरुद्ध गरेको गोल सबैभन्दा उत्कृष्ट गोल मध्य गनिन्छ ।
यदि यसलाई असफलता मान्ने हो भने, यो हेर्न रोचक हुनेछ कि मानिसले के कुरालाई सफलता मान्छन् ।
तर दुखदायी सत्य के हो भने, बेल र जिदान दुवै एकअर्काको आशामा उत्रिन सकेनन् ।
सन् २०१८ पछि जिदानले रियल छाड्नुको कारण मध्य बेलसमेत एक थिए । क्लब र पेरेज दुवैले बेललाई रियलमा लामो समय राखेर उनलाई नयाँ रोनाल्डो बनाउन चाहन्थे । तर जिदान उनलाई राख्न चाहँदैनथे ।
पेरेजसँग यस विषयमा आफ्नो कुरा नमिलेपछि जिदानले रियल छाडेका थिए । उनले रियलमा सन् २०१९ मार्चमा पुनरागमन गर्दा एउटा शर्त राखेका थिए, र त्यो थियो– बेलको बिदाई ।
सन् २०१९ को समर ट्रान्सफरमा बेल चिनियाँ क्लब जियान्सु सुनिङ जाने चर्चा चलेको थियो, जसका लागि रियलले उनको मूल्य सय मिलियन युरो तोकेको थियो ।
तर बेल त्यहाँ नगएपछि जिदानले प्रि–सिजन भ्रमणका दौरान टेक्ससमा भनेका थिए, ‘हामी बीच कुनै व्यक्तिगत झगडा छैन, उनको बिदाईका लागि क्लबले छलफल गरिहेको छ । उनले भोलिनै क्लब छाडे भने सबैका लागि राम्रो हुनेछ ।’
बेल अहिले पनि रियलमा सबैभन्दा बढी कमाउने खेलाडी रहेका छन् । तर यदि उनी नयाँ कलब गएका भए, उनी फुटबल इतिहासमै सबैभन्दा बढी कमाउने खेलाडी बन्न सक्थे । बेलको बिदाइ पछि रियलले ३५ मिलियन युरो फाइदा गथ्र्यो । साथै उनलाई सम्झौतामा उल्लेखित रकम तिर्नबाट छुटकारा पनि पाउन सक्दथ्यो । यता जिदानको बेललाई बर्ननेउबाट बिदाइ गर्ने इच्छा पनि पूरा हुने थियो ।
चीनियाँ क्लबसँगको सम्झौता अन्तिम चरणमा पुगिसकेको थियो । तर त्यति बेला अर्को हल्ला चल्यो जसले सम्झौता भंग हुन पुग्यो । अर्का स्टार जेम्स रोड्रिग्वेजलाई रियलले मात्र ४० मिलियन युरोमा बेच्न लागेको हल्ला बाहिरिएको थियो । रोड्रिग्वेजलाई सानो रकममा बेच्न तयार रियलले बेललाई महङ्गो मूल्य निर्धारण गरेको सूचनापछि चीनियाँ क्लबले सो सम्झौता भंग गरेको थियो ।
पछि रोड्रिग्वेज लागि रियलले गरेको भनिएको प्रस्ताव झुटो निस्कियो । रोड्रिग्वेज, जोसँग जिदानले राम्रो सम्बन्ध बनाउन सकेका छैनन्, उनी पनि अहिले रियलमै संघर्षरत रहेका छन् ।
बेल अहिले त्यस्तो क्लबमा अड्किएका छन्, जुन क्लबका प्रशिक्षकले उनको खाँचो नभएको घोषणा गरिदिएका छन् ।
बेल र उनका नजिकका मानिसले अक्टोबरमा उनको बिदाईका लागि माग राखेका थिए । तर प्रशिक्षक जिदान उनलाई मैदानमा निकै थोरै समय दिन चाहन्थे, यसकारण उनले सो मागको जवाफमा मौनता दिए । क्लब अध्यक्ष पेरेजसमेत उनलाई साथ दिन तयार देखिएनन् ।
जबबाट उनले मौनता नै आफ्नो उत्तरका रुपमा पाउन थाले, उनले आफ्नो दिमागमा एक मानसिकता बनाए ।
उनी कुनै पनि क्लब जान नपाएपछि, उनले के मानसिकता बनाएका छन् भने उनी सन् २०२२ जुन ३० सम्म रियलमै बस्ने छन्, जबसम्म उनको सम्झौता सकिँदैन । उनले त्यतिबेला सम्म क्लबबाट नै ३५ सय ७ मिलियन युरो कमाइ गर्नेछन् ।
केही वर्ष अघि चेल्सीमा संघर्षरत क्लाउड मकेलेले भनेका थिए, ‘म क्लबमा संघर्षरत छु, तापनि म आफ्नो बैँक खाता हेरेर खुसी मनाउँछु ।’
बेलले समेत अहिले सोही मानसिकता बनाएका छन् । उनी सम्झौता नसकिँदासम्म क्लबमा बस्ने छन् । उनलाई खेलाउने–नखेलाउने रोजाइ क्लबको हो, तर उनी क्लबमै बस्ने छन् र क्लबलाई झटारो प्रहार गरिरहनेछन् ।
नोभेम्बरमा वेल्सलाई युरोकपमा छनौट गराएपछि बेलले एउटा ब्यानर प्रदर्शन गरेका थिए, जसमा लेखिएको थियो,‘ वेल्स, गल्फ र मड्रिड’ ।
यो रियल समर्थक कहिल्यै पनि भुलाउन सक्दैनन् ।
ग्रानाडासँगको खेलमा शक्तिको आवश्यकता थियो, ग्रानाडा बराबरीतर्फ उन्मुख देखिन्थ्यो । तर पनि जिदेनले केबल दुई खेलाडी परिवर्तन गरे । बेलले वार्म अप समेत गरेनन् ।
बेलले सन् २०२० ला लिगामा कुल ५ घण्टा ४५ मिनेट मात्र खेल्न पाएका छन् । उनले खेलेका खेलमा पनि राम्रो प्रभाव जमाउन सकेका छैनन् । यसले गर्दा जिदेनको निर्णयलाई थप मजबुती दिएको छ ।
अब उनी कुनै पनि हालतमा रियल छाड्न चाहँदैनन् । उनी रियलमा आफ्नो सम्झौताको अन्तिम दिनसम्म बस्न चाहन्छन् । उनी रियल छाडेपनि रियलमा भन्दा बढी कमाइ हुने क्लबमा जान चाहन्छन्, तर उनलाई थाहा छ, त्यति पैसा अरुले उनलाई दिनेवाला छैनन् ।
उनी यसबेला रियल बाहेक फुटबल खेल्न तयार र खुसी देखिने टोली भनेको वेल्सको राष्ट्रिय टिममात्र हो । उनी अहिले जिदानसँगको खराब सम्बन्धका कारण आफ्नो खेल जीवनको अन्तिम चरण गुमाउँदै छन् ।
रियल मड्रिडलाई आफ्नो टोलीको लय र गति थाहा छ । र क्लबले बेल र रोड्रिग्वेज दुवैलाई स्पष्ट पारिदिएको छ कि उनीहरुका लागि क्लबको रणनीति परिवर्तन हुँदैन ।
यसरी क्लब र खेलाडीद्घय आफ्ना इच्छा लडाइँमा छन् र यो सकिन अझै केही समय अवश्य लाग्नेछ ।
(बीबीसीबाट)