एजेन्सी । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा र गोलकिपर थिबाउट कोर्टुवाले 'प्लेयर अफ दि मन्थ' अवार्ड पाएका छन् ।
स्पेनिस ला लिगामा बेन्जिमा जुन महिना र कोर्टुवा जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै 'प्लेयर अफ दि मन्थ' पाएका हुन् ।
रियललाई ला लिगाको उपाधि दिलाउन बेन्जिमा र कोर्टुवाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
रियलले एक खेल अगाबै यस सिजनको उपाधि जितिसकेको छ ।
यस सिजन रियलका लागि बेन्जिमाले २१ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहेका छन् ।
बेन्जिमा भन्दा अघि लियोनल मेस्सी रहेका छन् । उनले २३ गोल गरिसकेका छन् ।