एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (शनिबार) एसी मिलानले बोलोग्नासँग प्रतिस्पर्धा गर्दैछ ।
शीर्ष पाँचका लागि संघर्ष गरिरहेको मिलानले घरेलु मैदानमा बोलोग्नासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै मिलान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । लिगको सातौं स्थानमा रहेको मिलानले ५३ अंक जोडेको छ ।
बोलोग्नालाई पराजित गरेमा मिलान लिगको छैटौं स्थानमा उक्लनेछ ।
४३ अंक जोडेको बोलोग्ना लिगको दशौँ स्थानमा रहेको छ । मिलानलाई हराएर बोलोग्ना पनि अंक तालिका सुधार गर्न चाहन्छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा एटलान्टाले भेरोनासँग खेल्नेछ ।
एटलान्टा घरेलु मैदानमा जित निकाल्दै दोस्रो स्थानमा उक्लन चाहन्छ । तेस्रो स्थानको एटलान्टाले ७० अंक जोडेको छ ।
त्यस्तै काग्लियारीले सासुलोसँग खेल्नेछ ।