एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लेष्टरले सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन आयोजे परेज र डेमाराइ ग्रेले एक एक गोल गरे ।
पहिलो हाफको २९ औं मिनेटमा परेजले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा डेमाराइले गोल गर्दै लेष्टरलाई २-० को जित दिलाए ।

जितसँगै लेष्टरले लिगको शीर्ष चारमा रहदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । चौंथो स्थानको लेष्टरले ३६ खेलमा ६२ अंक जोडेको छ ।
लेष्टर तेस्रो स्थानको चेल्सीभन्दा १ अंकले पछि रहेको छ । ५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिगको अर्को खेलमा एभर्टन र एस्टन भिल्लाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।