एजेन्सी । इंग्ल्यान्ड र वेल्सबीच आगामी अक्टोबरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
इंग्ल्यान्डको वेम्बलीमा हुने मैत्रीपूर्ण खेल अक्टोबर ८ मा हुनेछ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै दुई टिमबीचको खेल बन्द रंगशालामा हुनेछ ।
इंग्ल्यान्डले पछिल्ला १२ महिनाभित्र निधन भएका आफ्ना पूर्व खेलाडीहरुलाई श्रदान्जली दिन मैत्रीपूर्ण खेल राखेको हो ।
पछिल्लो एक वर्ष भित्र इंग्ल्यान्डका विश्वकप विजेता खेलाडी ज्याक चार्लटनसहित मार्टिन पिटर्स, नोर्मान हन्टर र पिटर बोनेट्टीको निधन भएको थियो ।
इंग्ल्यान्ड र वेल्सबीच पछिल्लो पटक २०१६ मा भिडेका थिए । युरोकप दौरान भएको खेलमा इंग्ल्यान्डले २-१ को जित निकालेको थियो ।