बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप सदस्य सचिवमा २७ जनाको निवेदन

बिहिबार, ०१ श्रावण २०७७खेलपाटी संवाददाता
राखेप सदस्य सचिवमा २७ जनाको निवेदन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि जम्मा २७ जनाले आवेदन दिएका छन् ।

सदस्य सचिव सिफारिस समितिको आह्वान अनुसार बिहिबार अपरान्ह ५ बजेसम्म २७ जनाले निवेदन दिएकाे मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै गत बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो ।

समितिले कार्ययोजना सहित मन्त्रालयमा आफै उपस्थित भएर वा ईमेलमार्फत उम्मेदवार दर्ता गराउन आह्वान गरेको थियो ।

मन्त्रालयले तोकेको ७ दिनभित्र सदस्य सचिव पदका लागि जम्मा २७ जनाले निवेदन हालेका हुन् ।

उनीहरुल आफै उपस्थित भएर र ईमेलमार्फत दर्खास्त हालेकाे मन्त्रालयले बताएकाे छ । 

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।

नयाँ ऐन अनुसार सदस्य सचिव सिफारिस गर्न मन्त्रालयले सचिव थपलियाको नेतृत्वमा रिम रानाभाट र ईन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।

समितिले गत बिहिबार सदस्य सचिव छनोटको कार्यविधि बनाएर दर्खास्तकालागि आज (बिहिबार)सम्मको समय उपलब्ध गराएको हाे ।

सदस्य सचिवमा आदेवन दिनेमा ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट, बाग्लुङ्गका लिलबहादुर थापा, काठमाडौंका रवि राजकर्णिकार, काठमाडौंकै अचुतम लामिछाने, ललितपुरकी निलम सिंह बज्राचार्य, धादिङ्गका रमेशकुमार सिलवाल, झापाका मेघराज पौडेल रहेका छन् ।

यस्तै काठमाडौंका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङ्गका विजयकुमार राई, काठमाडौंका सानुराजा केसी र किशोर शाही, ललितपुरका अन्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौंका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौंका राम पुडासैनी, ललितपुर सुनिल नकर्मी, काठमाडौंका रणबहादुर चन्द, मकवानपुरका दिपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य सचिव पदका लागि निवेदन दिएका छन् ।

अब के हुन्छ ?

प्राप्त निवेदनलाई सिफारिस समितिले गहन रुपमा अध्ययन गर्ने बताएको छ । समितिले संघीय संरचना अनुसार खेलकुद सञ्चालन र व्यवस्थापनको नेतृत्व लिन सक्ने अवधारणाको पक्षलाई आधार मान्दै सम्भावित सदस्य सचिवको नाम छनोट गर्नेछ ।

कार्ययोजनाको अध्ययन गर्दा समितिले कुनै उम्मेदवारसंग थप स्ष्ट हुन चाहेमा बोलाएर छलफल गर्न सक्नेछ तर दर्खास्त दिएका सबै उम्मेदवारको अन्तरवार्ता भने नहुने समिति सदस्य रिम रानाभाटले खेलपाटीलाई बताए ।

प्रस्तुत कार्ययोजनाकै आधारमा समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ । बैठकबाट प्राप्त सोही नाम खेलकुद मन्त्रीले मन्त्रीपरिषद समक्ष सिफारिस गर्नेछन् ।

मन्त्रीपरिषद्ले प्रस्तावित नाम मध्य एक जनालाई चार बर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गर्नेछ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

लालीगुराँस क्वार्टरफाइनलमा

लालीगुराँस क्वार्टरफाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा