• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फा कास्की प्रकरण – होला त कारबाही ?
बिक्रम बुढा क्षेत्री
बिहीबार, साउन १, २०७७ बिक्रम बुढा क्षेत्री
एन्फा कास्की प्रकरण – होला त कारबाही ?
छानविनपछि पत्रकार सम्मेलनमा विष्णु पराजुली (बाया), बिर बहादुर खड्का (बीच) आनन्द रन्जित (दायाँ), फोटो : अनिश भट्टराई, खेलपाटी

पोखरा । कास्की जिल्ला फुटबल संघमाथि छानबिन गर्न गठित समिति असार १६ मा पोखरा आएको थियो । पोखरा ओर्लिएको भोलिपल्टै समितिले छानबिन प्रक्रिया अघि बढायो ।

एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको टोलीले ११ दिन लगाएर आईतबार छानबिन सक्यो र शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गरायो । एन्फा कास्कीका पूर्वअध्यक्ष आनन्द रन्जित र विष्णुप्रसाद पराजुली सम्मिलित समितिले ११ दिन लगाएर प्रतिवेदन तयार पारेको हो ।

समितिले कास्की जिल्ला फुटबल संघले आयोजना गरेका प्रतियोगिताको हिसाब–किताब माग गर्दै छानबिन प्रक्रिया अघि बढाएको थियो । समितिले ६ वटा प्रतियोगिताका कागजात तथा विल भरपाई माग गर्दै अध्ययन गरेको हो ।

जिल्ला फुटबल संघले २०७५ मा आयोजना गरिएको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।

छानबिन सुरु भएपछि विभिन्न सूचना बाहिरिए । तर सार्वजनिक भएका सुचना भने छानबिन समितिका सदस्यले पुष्टि गर्न हिच्किचाए । समितिले आर्थिक पाटो मात्र हेर्ने भन्दै अनुसन्धान सुरु गरेको थियो । तर आर्थिक पाटो हेर्ने उल्लेख गरेको समितिले कोषाध्यक्षसँग सुरुमा बयाननै लिएन ।

छानबिन सकिनु भन्दा एक दिन अघि मात्र कोषाध्यक्षको बयान लिएको थियो । समितिले कोषाध्यक्षलाई अनौपचारिक भेटेको थियो । कोषाध्यक्ष मातृ शोकमा रहेको हुँदा अनुसन्धानका लागि नभएर व्यक्तिगत रुपमा भेटेको समितिका संयोजक खड्काले बताएका छन् ।

कोषाध्यक्ष विजया गुरुङले यसअघि खेलपाटीसँगको कुराकानीका क्रममा आफ्नो हस्ताक्षर कीर्ते गरिएको दाबी गरेकी थिइन् । अनुसन्धानको क्रममा उनले बोली फेरिन । उनले आफुलाई अध्यक्ष मिलन गुरुङले आवश्यकता अनुसार चेकमा हस्ताक्षर गराउने गरेको बताईन् ।

के भनेकी थिइन् कोषाध्यक्षले ?

‘जिल्ला फुटबल संघको काममा नहिडेको एक वर्ष पुग्न लाग्यो । त्यसैले भित्रका कारोबारका बारेमा थाहा छैन । मैले चेकमा हस्ताक्षर नगरेको पनि धेरै भईसक्यो । मेरो नक्कली हस्ताक्षर गरेका छन् रे भन्ने सुनेकी छु । मैले त्यहाँ राजीनामा नै बुझाएकी छैन । तर अब आउदिन भनेकै १ वर्ष कटिसक्यो । त्यसयता बैठकमा पनि उपस्थित भएकी छैन । माइन्युट हेरे थाहा होला । सुने अनुसार मेरो हस्ताक्षर निकै सरल भएका कारण नक्कली हस्ताक्षर गरेका छन् ।

बैँकले पनि कतिपय चेक हस्ताक्षर नमिलेर फर्काइदिएको जानकारीमा आएको छ । कतिपय चेक बाउन्स पनि भएका होलान्, तर मलाई बैँकले भने खबर गरेका छैनन् ।

यो सबै मैले सुनेको कुरा हुन्, कसले र किन मेरो हस्ताक्षर प्रयोग गरेको छ मलाई जानकारी छैन । अहिले मसँग संस्थाको कुनै चेक पनि छैनन् । पहिले उनीहरुले चाहिँदा चेक लिएर आउँथे, अहिले त्यो पनि बन्द भइसक्यो । चेकहरु अहिले अध्यक्षसँगनै छन् । मैले आफ्नो नीजि कारणले गर्दा त्यहाँ जान छाडेकी हुँ । मलाई बाध्यकारी रुपमा त्यहाँ लगिएकी हुँ, मैले अहिले छाडीसके ।’

कोषाध्यक्षको बयानबारे छानबिन समितिका संयोजक खड्कासँग बुझ्दा अनविज्ञता देखाए । छानबिन सकिएपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे पटक–पटक प्रश्न गर्दा पनि खड्काले बोल्न चाहेनन् । श्रोतका अनुसार कोषाध्यक्ष विजया गुरुङले छानबिन समितिलाई आफुले एकैसाथ धेरै खाली चेकमा हस्ताक्षर गर्ने गरेको स्विकारेकी छन् ।

छानबिनको क्रममा जिल्ला फुटबल संघभित्रको अन्तरसंघर्ष समेत बाहिर आयो । छानबिनलाई सघाउन भन्दै फुटबल संघका पदाधिकारीले अध्यक्ष मिलन गुरुङको राजीनामा माग गर्ने मनस्थिती बनाएका थिए । गुरुङलें राजीनामा नबुझाए संघका पदाधिकारीले सामुहिक राजीनामा दिने भन्दै आन्तरिक छलफल गरेका थिए ।

छानबिन समितिले संघका पदाधिकारीलाई राजीनामा नबुझाउन सुझाएपछि उनीहरु पछि सरे । अन्तत पदाधिकारीले न त राजीनामा दिए, न त राजीनामानै माग गरे ।

संयोजक खड्काले आफुले संघका पदाधिकारीसंग कुनै आग्रह नगरेको पटक पटक दोहर्याए ।

कप संचालक सदस्य नै छानबिन समितिमा

एन्फाद्धारा गठित छानबिन समितिले २०७५ देखि आयोजित मनकामना कपलाई प्राथमिकतामा राख्दै अनुसन्धान गरेको हो । तर मनकामना कप संचालन गर्ने आनन्द रञ्जितनै छानबिन समितिमा थिए । यसले छानबिनलाई प्रभावित पारेको सम्बद्ध अधिकारी बताउँछन् ।

छानबिन समितिका सदस्य रञ्जितले मनकामना कप संचालन गर्ने समयमा प्राविधिक टोलीमा रहेकाले अनुसन्धानमा कुनै आँच आउन नदिएको बताउँछन् । ‘त्यसबेला प्राविधिक टोलीमा थिए। तर अहिले छानबिन बिथोलिने गरी कुनै कार्य गरेको छैन, सक्दो रुपमा हामीले सही प्रतिवेदन बनाएका छौ ।’ रञ्जितले भने ।

संयोजक खड्का भने एन्फा कास्कीका पूर्व अध्यक्ष रञ्जित फुटबलको भलो चिताउने ब्यक्ति रहेको भन्दै शंका लिनु नपर्ने बताउँछन् ।

‘उहाँ फुटबलको भलो चिताउने पात्र हुनुहुन्छ । प्रतियोगिता संचालनका बेला समितिमा हुनुहुन्थ्यो होला, तर अहिले यसले कुनै फरक पार्दैन । हामीलाई उहाँले छानबिनमा सक्दो सहयोग गर्नुभएको छ । उहाँ माथि शंका गर्नुपर्दैन ।’ खड्काले भने ।

मनकामना कपको आय व्ययको विवरण जिल्ला फुटबल संघले अझै सार्वजनिक गर्न सकेको छैन । अहिले आय–व्यय सार्वजनिक गर्न नसक्नुलाई अध्यक्ष गुरुङले लकडाउनको कारण देखाउँछन् ।

खेलपाटीसँगको कुराकानीमा लकडाउन सकिएको भोलिपल्टै पत्रकार सम्मेलनमार्फत आय व्यय सार्वजनिक गर्ने बताएका थिए । तर अनुसन्धानको क्रममा छानबिन समितिले मनकामना कपमा करिब २९ लाखको नोक्सानी भएको देखाउँदै आय–व्यय सार्वजनिक गरिदिएको छ ।

होला त कारबाही ?

छानबिन समितिका संयोजक खड्काले घुमाउरो पारामा छानबिनका क्रममा अनियमितता देखिएको स्वीकार गरेका छन् । समितिका अर्का सदस्य विष्णु प्रसाद पराजुलीले एन्फा कास्कीभित्र आर्थिक अनियमितता भएको कारण सहित बताएका थिए ।

संयोजक खड्काले आफुहरु अनियमितता भएकै कारण पोखरा आएको बताउँदै भने, ‘अनियमितता नभएको भए हामी आउनु पर्दैनथ्यो, राम्रो काम गर्ने माथि कसैले छानबिन गर्दैन । प्रतिवेदन तयार छ, बाँकी प्रक्रिया सुरु हुन्छ ।’

छानबिन समितिका सदस्य पराजुलीले भने केन्द्रकै कमजोरीका कारण अनियमितता भएको भन्दै एन्फा कास्कीको विवादमा केन्द्रिय एन्फा जिम्मेवार रहेको उल्लेख गरे ।
बार्षिक अडिट र आय–व्यय सार्वजनिक नगरेको संघको सदस्य नविकरण गर्दा पछिल्लो अवस्था सिर्जना भएको उनको भनाई छ ।

छानबिन समितिले पत्रकार सम्मेलनमा अनियमितताका पर्याप्त आधार देखिएको बताएपनि कतिपय जानकार सम्बन्धित ब्यक्ति र संघलाई कारबाही हुनेमा शंका ब्यक्त गर्छन् । पत्रकार सम्मेलनमा कतिपय अधिकारीले बाँकी प्रक्रिया पोखरामा नै हुनुपर्ने माग गरेका थिए । केन्द्रले प्रतिवेदन कार्यान्वयन गर्नेमा शंका ब्यक्त गर्दै उनीहरुले बाँकी प्रक्रिया पनि पोखरामै हुनुपर्ने माग गरेका थिए ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गत माघमा बैकिंङ कसुर सहित तीन वटा मुद्दामा पक्राउ परेपछि जिल्ला फुटबल संघभित्रका आर्थिक अनियमितताको बिषय बाहिर आएको थियो ।

यसअघि एन्फाले केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । तर समितिले आफ्नो प्रतिवेदन बुझाउन सकेको थिएन । समितिका संयोजक श्रेष्ठले स्वास्थ्य अवस्था कमजोर रहेको कारण देखाउँदै राजीनामा दिएपछि नयाँ समिति गठन भएको थियो ।

असार २ गतेको एन्फा कार्यसमितिको आपत्कालिन बैठकले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा एन्फा कास्कीको विवादबारे अनुसन्धान गर्न नयाँ छानबिन समिति गठन गरेको थियो । यस समितिले आफ्नो प्रतिवेदन एन्फालाई बुझाउने छ । सो प्रतिवेदन हेरेपछि एन्फाले कास्की जिल्ला फुटबल संघलाई कारबाही गर्ने-नगर्ने बिषयमा औपचारिक निर्णय गर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP