आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेप सदस्य सचिवमा सिलवालको आवेदन

बुधबार, असार ३१, २०७७खेलपाटी संवाददाता
राखेप सदस्य सचिवमा सिलवालको आवेदन
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदका लागि निवर्तमान सदस्य सचिव रमेश कुमार सिलवालले आवेदन दिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा बुधबार नयाँ कार्यकालका लागि सिलवालले आवेदन दिएका हुन् ।

नयाँ खेलकुद विकास ऐन असार १७ गतेबाट लागू भएसंगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ ।

सदस्य सचिवको रिक्त पदमा सिलवालले आवेदन हालेको छनोट प्रक्रियामा संलग्न एक अधिकारीले खेलपाटीलाई जानकारी दिए ।

मन्त्रालय स्रोतका अनुसार सदस्य सचिवमा बुधबारसम्म ११ जनाले उम्मेदवारी दिएका छन् । जसमा भलिबलका पूर्व कप्तान अन्जु श्रेष्ठ, पूर्व भलिबल खेलाडी निलम बज्राचार्य समेत रहेका छन् ।

उम्मेदवारले प्रस्तुत गरेको कार्ययोजनाको अध्ययन गर्दै सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम खेलकुद मन्त्री समक्ष प्रस्ताव गर्नेछ । सोही सिफारिस नामावलीलाई खेलकुद मन्त्रीले मन्त्रीपरिषदबाट पास गराउनेछन् ।

खेलकुद विकास ऐन २०४८ निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।

त्यसपछि मन्त्रालयले कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाललाई नियुक्त गरेको थियो ।

यस्तै गत शुक्रबार मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्यीय समिति गठन गर्दै दरखास्त आह्वान गरेको थियो । 

मन्त्रालयको सचिव रामप्रसाद थपलिया संयोजक रहेको समितिमा पूर्व बोर्ड सदस्य ईन्दिरा निरौला र पूर्व कर्मचारी रिम रानाभाटलाई विज्ञको रुपमा सदस्य नियुक्त गरिएको थियो ।

दरखास्त आह्वान गर्दै मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने समेत बताएको थियो ।

समितिले आवेदन दिएका मध्येको अध्ययन गरि कम्तिमा एक महिला सहित सम्भावित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । बैठकले निर्णय गरेका तीन जनाको नामलाई मन्त्रालयले मन्त्रीपरिषदमा सिफारिस गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो । यसअघि खेलकुद मन्त्रीले ईच्छाएको ब्यक्तिलाई सिधै सदस्य सचिव नियुक्ति गर्न मिल्ने ब्यवस्था रहेको थियो ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

यु–१७ टोली स्वदेश फिर्ता

यु–१७ टोली स्वदेश फिर्ता

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा