क्यान्सर पिडित प्रशिक्षक राईलाई आर्थिक सहयोग
बुधबार, ३१ असार २०७७खेलपाटी संवाददाता

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो ।
संघको तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण गरे ।
राई हाल भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालमा उपचाररत छन् ।







%20(2)-1765947464452.png&w=3840&q=75)

-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)



