शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नयाँ सदस्य सचिव – राजनीतिक नियुक्ति कि खुल्ला प्रतिस्पर्धा ?

बिहिबार, २५ असार २०७७हिम बिक्रम केसी
नयाँ सदस्य सचिव – राजनीतिक नियुक्ति कि खुल्ला प्रतिस्पर्धा ?

सदस्य सचिवमा रमेश सिलवाललाइ पदभार ग्रहण गराउँदै खेलकुद मन्त्री जगत विश्वकर्मा । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भयो । ऐन अनुसार सदस्य सचिव सहित परिषद्का पदाधिकारी नयाँ नियुक्ति प्रक्रियाबाट गर्नुपर्ने देखिएको छ ।

सिलवाल पदमुक्त भएसंगै राखेप कार्यबहाकको भरमा चलिरहेको छ । असारको महिना छ । परिषद्मा हिसाब किताबका फाईलको चाङ छ । नयाँ नियुक्ति नहुँदा आर्थिक दायित्वको काम अघि बढ्न सकेको छैन । १३ औं सागको निर्माणदेखि सञ्चालनको ठुला रकम राखेपले फछ्र्योट गर्न बाँकी छ ।

नयाँ ऐन कार्यान्वयनमा आएसंगै परिषद्को नयाँ सदस्य सचिवको चर्चा पुन सुरु भएको छ । नयाँ ऐन कार्यान्वयनमा आएसंगै सदस्य सचिव राजनीतिक नियुक्तिको रुपमा आउँछन् वा खुल्ला प्रतिस्पर्धाबाट छनोट हुन्छन् ? धेरैको चासो र अन्यौलको बिषय बनेको छ ।

मन्त्रालय के भन्छ ?

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिफरिस समिति गठन भएसंगै नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने खेलपाटीलाई बताए ।

‘मन्त्रीबाट दुई जना बिज्ञ तोक्न बाँकी रहेको छ । बिज्ञ तोक्ने बित्तिकै पहिलो बैठक बसेर ऐन अनुसार कार्यविधि तय गरेर नियुक्ति प्रक्रिया अघि बढ्छ ।’ उनले भने ।

सचिव थपलियाले परिषद्मा तत्काल निमिक्त मात्र तोकिएको उल्लेख गर्दै नयाँ नियुक्ति प्रक्रिया सुरु गर्न ढिलो नहुने बताए ।

ऐनले के भन्छ ?

खेलकुद विकास ऐन अनुसार सदस्य सचिव नियुक्तिको सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा एक महिला सहित दुई बिज्ञ सहितको सिफारिस समित गठन गर्ने उल्लेख गरिएको छ । सिफारिस समितिले योग्यता पुगेका एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा प्रस्ताव गर्नेछ ।

छनोट प्रक्रियाको कार्यविधि भने समितिले आफ्नो पहिलो बैठक बसेर तय गर्नेछ । सोही कार्यविधिले सदस्य सचिव कसरी छनोट हुन्छ भन्ने प्रक्रियाको निर्क्याैल गर्नेछ ।

ऐनले मन्त्रालय वा सरकारले चाहे अनुसारको सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढाउन मिल्ने व्यवस्था गरेको देखिन्छ । सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाको कार्यविधि पनि बनाउन सक्छ अथवा मन्त्रालय र सरकारले ईच्छाएको ब्यक्तिको नाम समेत सिधै प्रस्ताव गर्न मिल्ने कार्यविधि तय गर्न सक्छ ।

खेलकुद मन्त्रीले समितिमा सिफारिस गरेका दुई जना ब्यक्तिले सरकार वा मन्त्रीले ईच्छाएका ब्यक्ति सदस्य सचिवका लागि सिफारिस गर्न सक्ने देखिन्छ ।

प्रधानमन्त्रीले ईच्छाएको ब्यक्ति सदस्य सचिव

नयाँ ऐनले प्रधानमन्त्रीले ईच्छाएको ब्यक्तिमात्र सदस्य सचिव नियुक्ति गर्न मिल्ने व्यवस्था गरेको छ । सिफारिस समितिले मन्त्रालयमा तीन जनाको नाम प्रस्ताव गर्नेछ । खेलकुद मन्त्रालयले सिफारिस समितिले प्रस्ताव गरेको नाम मन्त्रीपरिषद्मा पेश गर्नेछ ।

मन्त्रालयबाट सिफारिस भएका नाममा मन्त्रीपरिषद्ले निर्णय गर्नेछ । मन्त्रीपरिषद्को सर्वाधिकार प्रधानमन्त्रीमा निरिह रहन्छ । सोही कारण प्रधानमन्त्रीले ईच्छाएको ब्यक्तिनै नयाँ सदस्य सचिव बनेर आउने देखिन्छ ।

पुरानो ब्यवस्था कस्तो ?

पुरानो ब्यवस्था अर्थात खेलकुद विकास ऐन २०४८ अनुसार खेलकुद मन्त्रीले चाहेको ब्यक्ति सदस्य सचिव नियुक्त गर्न सक्थे । सदस्य सचिव नियुक्त गर्न मन्त्रीपरिषद्को निर्णय बाध्यकारी थिएन ।

तत्कालिन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले प्रधानमन्त्रीको अनिच्छाका बाबजुत केशवकुमार विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए । सोही नियुक्तिले पौडेलले खेलकुदमन्त्रीको पद समेत गुमाउन पुगे । तर विष्टले पुरै चार बर्ष सदस्य सचिवको रुपमा राखेपको कमान्ड सम्हाल्ने मौका पाए ।

तर नयाँ ऐनले मन्त्रीपरिषद्बाट मात्र सदस्य सचिव नियुक्ति गर्न मिल्ने व्यवस्था गरेको छ । अर्थात प्रधानमन्त्रीले ईच्छाएको ब्यक्तिमात्र सदस्य सचिवमा नियुक्त हुनेछन् ।

राजनीतिक नियुक्ति कि खुल्ला प्रतिस्पर्धा ?

सदस्य सचिव राजनीतिक नियुक्ति कि खुल्ला प्रतिस्पर्धा भन्ने बिषय मन्त्रालयले गठन गर्ने सिफारिस समितिले बनाउने कार्यविधिमा निर्भर रहनेछ ।

सरकारले चाहेको व्यक्ति सदस्य सचिव नियुक्ति गर्ने अवस्थामा सोही अनुसारको कार्यविधि सिफारिस समितिले अविलम्बन गर्ने देखिन्छ । तर सरकारले खुल्ला प्रतिस्पर्धाबाट क्षमतावान ब्यक्ति छनोट गर्ने मनसाय राखेमा सोही अनुसारको कार्यविधि सिफारिस समितिले बनाउनेछ । नयाँ सदस्य सचिव नियुक्ति प्रक्रिया सरकार वा मन्त्रीले दिएको निर्देशनमा भर पर्ने देखिन्छ ।

‘सिफारिस समितिको बनोट हेर्दा मन्त्रीले भने अनुसारको हुने देखिन्छ । तर सरकारले चाहेको ब्यक्ति नियुक्ति गर्न मिल्ने खालको कानुनी व्यवस्था रहेको छ ।’ मन्त्रालयका एक अधिकारीले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने