मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. प्रतियोगिताको हिसाबमा अनुसन्धान केन्द्रित

प्रतियोगिताको हिसाबमा अनुसन्धान केन्द्रित

२०२० जुलाई ३, शुक्रबारबिक्रम बुढा क्षेत्री

प्रतियोगिताको हिसाबमा अनुसन्धान केन्द्रित

पोखरा । कास्की जिल्ला फुटबल संघमाथि लागेको आर्थिक अनियमितता छानबिन गर्न गठिन समितिले प्रतियोगिताको हिसाब किताबमा केन्द्रित रहेर अनुसन्धान सुरु गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ कास्कीको अनुसन्धानका लागि गठित समितिले जिल्ला संघले सञ्चालन गरेका ६ वटा प्रतियोगिताको आर्थिक कारबारमा केन्द्रित रहेर अनुसन्धान अघि बढाएको हो ।

एन्फाले उपाध्यक्ष वीरबहादुर खड्का संयोजकत्वको समितिलाई कास्की जिल्ला फुटबल संघमा देखिएको आर्थिक अनियमितता आरोपमाथि अनुसन्धान गर्न अख्तियारी दिएको थियो ।

यसअघि सदस्य रत्नबहादुर श्रेष्ठलाई छानबिनको जिम्मेवारी दिएपनि स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका थिए ।

छानबिन कमिटिले माग गरेका अनुसारको ६ वटा प्रतियोगिताको कागजात जिल्ला फुटबल संघले बुझाएको छ । कास्की जिल्ला फुटबल संघले २०७५ सालबाट आयोजना भएका प्रतियोगिताको बिल भरपाई छानबिन समितिलाई बुझाएको हो ।

समितिका संयोजक खड्काले माग अनुसारको कागजात आफुले प्राप्त गरेको र त्यसको अध्ययन गरिरहेको बताएका छन् ।

‘प्रतियोगिताको कागजात माग गरेका थियौँ र प्राप्त पनि गरेका छौ । अहिले अध्ययनको चरणमा रहेका छौँ ।’ खड्काले भने ।


छानबिन समितिले बुधबार कास्की जिल्ला फुटबल संघसंग २०७५ बाट आयोजना गरेका प्रतियोगताकोे कागज पत्र माग गरेको थियो ।

प्रतियोगिता सञ्चालन गर्दाको कागज पत्र तथा बिल भरपाईको माग गर्दै समितिले कास्की जिल्ला फुटबल संघका नाममा पत्र काटेको थियो ।

जिल्ला फुटबल संघले २०७५ मा आयोजना गरिएको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।

कास्की जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लागेपछि एन्फाले केन्द्रिय स्तरको छानबिन समिति गठन गरेको थियो ।

समितिमा खड्कासँगै आनन्द रंजित र नारायण अधिकारी सदस्य रहेका छन् ।

छानबिनका लागि गत मंगलबार पोखरा आएको टोलीले लगत्तै अनुसन्धान सुरु गरेको हो । समितिले गरेको छानबिन र निष्कर्शका आधारमा एन्फाले जिल्ला फुटबल संघमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा