पदक विजेता क्योकुशिन टोली स्वदेश फिर्ता
आइतबार, भदौ १०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्डमा सम्पन दोस्रो फुल कन्ट्याक्ट कराते प्रतियोगिता प्रतियोगितामा पदक विजेता नेपाली क्योकुशिन कराते टोली स्वदेश फर्किएका छन् । भदौ पहिलो साता सम्पन्न प्रतियोगितामा एक स्वर्णसहित ३ पदक विजेता नेपाली टोली आईतबार स्वदेश फिर्ता भएका हुन् ।
प्रतियोगितामा बिनय सिंहले कुमुते तर्फ खुल्ला तौलमा जापानका मोराहिरो होसखावालाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । त्यस्तै जुनियर ३५ केजी तौलमा दिपेन सापकोटा फाईनलमा थाईल्याण्डका पा हुरुरु तानसंग पराजित हुँदै रजत जित्न सफल भएका थिए ।
सिनियर तर्फ कबिराज माली सेमिफाईनलमा चाईनाका ह्वाङ्गसिङ्गसंग पराजित हुँदै कास्य पदकमा खुम्चिएका थिए । नेपाली टिमको ब्यवस्थापकमा रमेश तामाङ्ग र प्रशिक्षकमा सदन लामा रहेका थिए ।











-1761130437587.jpg&w=3840&q=75)



-1761099128165.webp&w=3840&q=75)