• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
नयाँ खेलकुद ऐनबारे बुझ्नुपर्ने ५ तथ्य
खेलपाटी संवाददाता
बुधबार, असार १७, २०७७ खेलपाटी संवाददाता
नयाँ खेलकुद ऐनबारे बुझ्नुपर्ने ५ तथ्य

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन आज (बुधबार)बाट कार्यान्वयनमा आउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते प्रमाणीकरण गर्नु भएको विधेयक बुधबार रातिबाट कार्यान्वयनमा आउने भएको हो ।

युुवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले संसदबाट पारित र राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐन बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने बताए ।

ऐन प्रमाणीकरणको मितिले ७ दिनमा कार्यान्वयन हुने व्यवस्था छ । सोही अनुसार खेलकुद क्षेत्रको बहुप्रतिक्षित मानिएको ऐन बुधबार रातिबाट कार्यान्वयनमा आउन लागेको हो ।

मन्त्रालयले नयाँ ऐन कार्यान्वयनका लागि भन्दै राखेपलाई पत्राचार समेत गरिसकेको छ ।

सदस्य सचिवको अधिकार कटौती

नयाँ ऐनले परिषद्को गठनदेखि सदस्य सचिव नियुक्ती, काम कर्तब्य र अधिकारमा ब्यापक परिवर्तन गरेको छ । परिषद्लाई एकल नेतृत्वको रुपमा सञ्चालन गर्दै आएका सदस्य सचिवलाई थप जिम्मेवार बनाउन भन्दै ऐनले कार्यकारी समितिको ब्यवस्था गरेको छ ।

सदस्य सचिवको संयोजकत्वमा हुने कार्यकारी समितिमा मन्त्रालयबाट मनोनित दुई जना, परिषद्बाट दुई जना, खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तथा राखेपको प्रशासन महाशाखा प्रमुख सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै सदस्य सचिवलाई परिषद्को बार्षिक कार्यक्रम, योजना तथा बजेट बनाउने सहितको जिम्मेवारी तोकिएको छ । यस्तै, सरकारी स्रोतबाट बाहिर देश खेल्न गएका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रतिनिधि पठाउने र त्यसको प्रतिवेदन मन्त्रालयलाई दिनुपर्ने उल्लेख गरिएको छ ।

संघलाई व्यवस्थित बनाउने कोशिश

नयाँ खेलकुद ऐनले राष्ट्रिय खेल संघलाई व्यवस्थित बनाउने कोशिश गरेको छ । आजिवन संघको नेतृत्वमा रहने परम्पराको अन्त्य गर्दै पदाधिकारीमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरिएको छ ।

साथै संघलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै बार्षिक आय तथा व्ययको नियमित लेखा परिक्षण गराएर विधान अनुसार संघका पदाधिकारीको आवधिक निर्वाचन गर्नुपर्ने उल्लेख छ । यस्तै, परिषद्का कर्मचारी खेलकुद संघका कुनैपनि जिम्मेवारीमा बस्न नपाउने व्यवस्था गरिएको छ ।

खेल मिलोमतोमा सजाय

नयाँ ऐनले खेल मिलोमतोलाई गम्भिर अपराध मान्दै सजायको व्यवस्था गरेको छ । खेलको स्वभाविक परिणाम प्रतिकुल हुने गरि खेलाडी वा खेलाडीको समुहसंग मिलेर मिलोमतो गर्ने वा त्यस्तो काममा उक्साउने ब्यक्तिलाई तीन बर्षसम्म कैद तथा ५० हजार रुपैयाँ सम्मको जरिवाना गरिएको छ ।

ओलम्पिक विवादको अन्त्य

नयाँ ऐन कार्यान्वयनमा आएसंगै नेपाल ओलम्पिक कमिटिको विवादको अन्त्य हुने अपेक्षा गरिएको छ । ऐनले अन्तराष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिलाई मात्र मान्य हुने उल्लेख गरेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको चक्करमा ओलम्पिक अभियान प्रभावित बन्दा नेपालको खेलकुद गतिविधि प्रभावित बन्दै आएको थियो । अब अन्तराष्ट्रिय रुपमा मान्यता पाएको ओलम्पिक कमिटिलाई मात्र सरकारले स्विकार गर्नेछ ।

मन्त्रालयको बढेको भुमिका

नयाँ ऐनले युवा तथा खेलकुद मन्त्रालयको भुमिकालाई बढाएको छ । परिषद्ले बर्षभरी सम्पादन गरेका काम कारबाहीको आर्थिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नुृपर्नेछ । ऐनले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले तीन महिनाभित्र बार्षिक आर्थिक प्रतिवेदन मन्त्रालयमा पेश गर्न ऐनले निर्देश गरेको छ ।

मन्त्रालयले खेलकुद विकास र सुधारको बिषयमा परिषद्लाई निर्देशन दिन सक्ने र सो निर्देशन परिषद्ले अनिवार्य कार्यान्वयन गर्नुपर्ने प्रावधान समेत ऐनमा समेटिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP