एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधि जित्नु खेलाडीका लागि अविश्वसनीय उपलब्धि भएको बताएका छन् ।
लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि दिलाएपछि बोल्दै प्रशिक्षक क्लोपले आफ्ना खेलाडीका लागि यो अविश्वसनीय उपलब्धि भएको बताएका हुन् ।
'मसँग कुनै शब्द छैन,' स्काई स्पोर्ट्ससँग कुरा गर्दै क्लोपले भने, 'मैले कल्पना गरेको मध्ये सबैभन्दा राम्रो चिज हो । सोचेको भन्दा बढी हो । यो अविश्वसनीय छ। मैले सोचेभन्दा धेरै हो यो ।'
प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।
यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।
'लिभरपुलबाट च्याम्पियन बन्न पाउनु अविश्वसनीय छ । यो मेरो खेलाडीका अविश्वसनीय उपलब्धि हो र उनीहरूको प्रशिक्षक हुँदा म खुशी छु,' क्लोपले थपे ।
लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो ।
क्लोप सन् २०१५ मा लिभरपुल आएका थिए । जतिबेला क्लब लिगको १० औं स्थानाम रहेको थियो ।
तर, क्लोपको आगमनपछि लिभरपुलले उत्कृष्ट लय समात्यो ।
जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुललाई लिगमा उपविजेता बनाएको थियो ।
यस्तै गत सिजन च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि दिलाएका थिए ।