एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा भ्यालेन्सियालाई इबरले १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भ्यालेन्सियाका जोयोफ्री कोन्डोग्बीको आत्मघाती गोलबाट इबरले जित निकालेको हो ।
खेलको १६ औं मिनेटमा जियोफ्रीले आत्मघाती गोल गरेका थिए ।
यस्तै खेलको अन्तिम समय भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।
८९ औं मिनेटमा म्यानगालाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा भ्यालेन्सिया १० खेलाडीमा समेटिएको हो ।
इबरसँग पराजित भएसँगै भ्यालेन्सियाले ३१ खेलमा ४६ अंक जोडेको छ । भ्यालेन्सिया आठौं स्थानमा रहेको छ ।
३१ खेलमा ३२ अंक जोडेको इबर १७ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल बेटिस स्पानियोललाई १-० ले हराएको छ ।