सिटी र लिभरपुलबीचको खेल इतिहाद स्टेडियममा
बिहिबार, ११ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल इतिहाद स्टेडियममा हुने भएको छ ।
म्यानचेस्टर सिटीले लिभरपुलसँगको खेल घरेलु मैदानमा आयोजना गर्न अनुमति दिएको छ ।
यस अघि समर्थकको बाक्लो उपस्थिति र सुरक्षालाई ध्यानमा राख्दै शीर्ष दुई टोलीबीचको खेल न्युट्रल भेन्युमा गर्ने तयारी गरिएको थियो ।
तर, सिटीको सेफ्टी एडभाइजरी ग्रुपले इतिहाद स्टेडियममा खेल आयोजना गर्न सहमति जनाएका छन् ।
खेल जुलाई २ मा हुनेछ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । सिटीसँगको खेल लिभरपुलले उपाधि उचाल्ने सक्ने खेल मानिएको छ ।
लिभरपुल सिटी भन्दा २३ अंकले अघि रहेको छ ।
यदि बिहिबार सिटीले चेल्सीलाई पराजित गर्न नसके लिभरपुलले उपाधि जित्नेछ ।
सिटीले चेल्सीलाई हराएमा भने लिभरपुलले उपाधि जित्न इतिहाद स्टेडियममा बराबरी खेल्नु पर्ने हुन्छ ।







-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)

-1769063102923.jpeg&w=3840&q=75)
-1769057641365.jpeg&w=3840&q=75)


-1768963014433.webp&w=3840&q=75)