एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले घुँडाको शल्यक्रिया गरेका छन् ।
स्पेनको बार्सिलोनामा बुधबार अग्युरोले देब्रे घुँडाको शल्यक्रिया गरेका हुन् ।
३२ वर्षीय अग्युरोले सामाजिक संजालबाट घुँडाको शल्यक्रिया सफल भएको बताएका छन् ।
'सबैकुरा राम्रो भयो र म चाडै रिकभरी हुनेछु,' अग्युरोले ट्वीटरमा लेखेका छन्, 'डा.कुगाट, उनको टिम र सम्पूर्णलाई धन्यवाद ।'
प्रिमियर लिग अन्तर्गत सोमबार राति बर्नलीविरुद्धको खेलमा अग्युरोले देब्रे घुँडाको चोट बोकेका थिए ।
बर्नलीलाई ५-० गोल अन्तरले पराजित गर्दा अग्युरो चोटको कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए ।
अग्युरो यस सिजन सिटीका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
उनले यस सिजन सबै प्रतियोगितामा २३ गोल गरेका छन् ।
