च्याम्पियनसिप क्लबका थप ३ जनामा कोरोना
बुधबार, १० असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका थप ३ जनाका कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इंग्लिस फुटबल लिगले पछिल्लो पटक खेलाडी र स्टाफमा गरिएको परिक्षणमा ३ जनामा कोरोना देखिएको जनाएको छ ।
च्याम्पियनसिपका २८ सय ५८ जनामा परिक्षण गर्दा ३ जनालाई पोजेटिभ देखिएको लिगले जनाएको छ ।
कोरोना देखिने खेलाडी र स्टाफको नाम गोप्य राखिएको छ ।
यस अघिको चरणमा च्याम्पियनसिपका ८ जनामा कोरोना देखिएको थियो ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


