डिफेन्डर माटियो चार महिना मैदान बाहिर
बुधबार, १० असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब एसी मिलानका माटियो मुसाचियो चार महिना मैदान बाहिर रहने भएका छन् ।
देब्रे खुट्टाको एन्कलको शल्यक्रिया गरेपछि माटियो चार महिना मैदान बाहिर रहने भएका हुन् ।
मिलानले बुधबार माटियोको चोटको शल्यक्रिया गरिएको र यस सिजनको बाँकी खेल गुमाउने जनाएको छ ।
२९ वर्षे माटियो केहि महिना यता एन्कल चोटबाट गुज्रिरहेका थिए ।
अर्जेन्टिनी डिफेन्डर माटियोले मिलानबाट यस सिजन १८ खेल खेलेका छन् ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


