एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बुधबार) उपाधि दाबेदार क्लब रियल मड्रिडले मालोर्कासँग खेल्दैछ ।
रियलले अस्थाई घरेलु मैदानमा मालोर्कासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
अल्फ्रेडो डी स्टेफानो मैदानमा रियल रेलिगेसन क्षेत्रको टिम मालोर्काविरुद्ध सहज जितको खोजीमा हुनेछ ।
रियल मालोर्कालाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ । लिगको दोस्रो स्थानमा रहेको रियल बार्सिलोना भन्दा ३ अंकले पछि रहेको छ ।
मालोर्कालाई पराजित गरेमा रियल शीर्ष स्थानमा उक्लनेछ । रियलको ६५ अंक रहेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६८ अंक रहेको छ ।
२६ अंक जोडेको मालोर्का १८ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै बुधबार डिपोर्टिभो अलाभेसले ओसासुनासँग खेल्दैछ ।
यस्तै रियल सोसीडाडले सेल्टा भिगोसँग खेल्नेछ ।